गोरखा । बोर्लाङ एक स्कुलका बिद्यार्थीहरुलाई स्थानिय क्लबले शैक्षिक सामाग्री वितरण गरेको छ । भिमसेन थापा गाँउपालिकाको–७ को बोर्लाङ्गमा रहेको सरस्वाती माध्यमिक विद्यलयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
स्थानिय ठुलपोखरी युवा क्लबले सरस्वती माविमा अध्ययन गरिरहेका विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।
क्लबले उपलब्ध गराएको सामग्री एक कार्यक्रमका बिच वडाध्यक्ष नारायण श्रेष्ठले विद्याथीहरुलाई हस्तान्तरण गरेको थियो ।
वितरण गरिएको सामग्रीमा झोला, कापी, जोमेट्री बक्स, क्यालकुलेटर, पेन, पेन्सिल, कटरलगायतका शैक्षिक सामग्री रहेका छन् ।
स्थानीय सहयोगीहरुबाट आर्थिक स्रोत जुटाएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।


