गोरखा । गोरखा सदरमुकाममा ७ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उघोग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं र उधोग वाणिज्य संघ गोरखाको संयुक्त आयोजनामा बुधबारदेखी तालिम सुरु भएको हो ।
बेरोजगार भएका बसेका सर्व साधारणहरुलाई उद्यम गराउन उत्प्रेरीत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संघका अघ्यक्ष कृण्णकुमार श्रेष्ठले बताए । उनका २४ गते लेबलिङ, प्याकेजिङ तथा बजारिकरण र २६ गते लेखा व्यवस्थापकिय तालिम समेत दिइने छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा केन्द्रिय सदस्य जिवनज्योती श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक सुजित विष्ट, उधोग वाणिज्य संघ महिला बिकास समितिकी अध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रिता श्रेष्ठ, सचिब जुना सुनार, पर्यटन तथा उद्योग कार्यालय गोरखाका सुर्य भुजेल लगायतको उपस्थिति रहेको थियो ।
तालिम जेठ २९ गते सम्म चल्ने जनाएको छ ।


