गोरखा । आजबाट गोरखा सदरमुकाममा निःशुल्क लोक सेवाको पूर्व तयारी कक्षा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सोमबारबाट १५ दिने कक्षा सञ्चालनमा आएको हो ।
सरकारी निकायमा आदीबासी जनजातीका छोरा छोरीको पहुँच पुगोस् भन्ने उदेश्यका साथ आयोजित पूर्व तयारी कक्षामा ३३ जनाको सहभागीता रहेको नेपाल आदीवासी जनजाती महासंघ गोरखाका अध्यक्ष विष्णु रानाले जानकारी दिए ।
तयारी कक्षाको सोमबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले उद्घाटन गर्दै लोक सेवाको तयारी गरिरहेका विद्यार्थीलाई यसबाट थप उर्जा मिल्ने विश्वास ब्यक्त गरे ।
पूर्व तयारी कक्षामा जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न शाखाका प्रमुखहरुले प्रशिक्षण गराउने छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला पुष्कर राना, चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठ, तमु छोंज धिं गोरखाका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल आदीवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष मिना गुरुङ समेतको उपस्थिती रहेको थियो ।


