गोरखा । सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो सेवा सुविधा थप हुनुपर्ने भन्दै चरणबद्व आन्दोलन थालेका छन् । जिल्ला भित्रका कर्मचारीहरुले आज शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना दिएका हुन् ।
आन्दोलनरत कर्मचारीहरुले सरकारले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुद्धा नं १२७ मा उल्लेखत गरेको भएको भएता पनि बजेटमा नसमेटिएको चरणबद्व आन्दोलन अन्तरर्गत धर्ना दिएको नेपाल बिद्यालय कर्मचारी परिषद गोरखाका अध्यक्ष बावुराम पनेरुले बताए ।
आन्दोलनरत कर्मचारीले आफ्नालागी पुर्ण सेवा सुविधाको सम्बोधन नहुदासम्म चरणबद्व आन्दोलन नरोकिने बताए । उनीहरुले अहिलेसम्म न्युनतम वेतनमा नै काम गरिरहेको भन्दै पूर्ण रुपमा सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।
परिषदले गोरखामा भने नेपाल शिक्षक महासंघको सहयोगमा आन्दोलनमा उत्रिएको जनाएको छ ।
कार्यक्रम अनुसार जेष्ठ २१ गतेदेखी २६ गतेसम्म जिल्ला भित्रका सामुदायिक बिद्यालयका सबै कर्मचारीहरुले शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना दिने छन् ।
दोस्रो चरणको आन्दोलन अन्तरर्गत २७ गतेदेखी असार १ गतेसम्म राजधानीको भद्रकालीमा रिले अनशन गर्ने र तेस्रो चरणको आन्दोलनमा असार २ गतेबाट माग पुरा नहुदासम्म सामुदायिक बिद्यालय बन्द गराउने परिषदले जानकारी दिएको छ ।



