गोरखा । गोरखा प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक पालिका–४ का १९ बर्षिय सौरभ कुमाल रहेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
कुमालले हिजो (शनिबार) पालुङटार नगरपालिका–१ को खोप्लाङ लुङ्गा निवासी १३ बर्षिया ‘ब कुमारी (नाम परिवर्तन)लाई राती १०ः३० बजेको समयमा बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पिडितको आफन्तले २१ गते आइतबार जाहेरी दिए पछि कुमाललाई पक्राउ गरिएको हो । प्रहरीले कुमाल बिरुद्व जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप गरेको जनाएको छ ।
पक्राउ परेको कुमालका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


