प्रहरीले हुचिल सहित नियन्त्रणमा लिएका माेहन र बिकास
गोरखा । दुर्लभ प्रजातिको हुचिलाई घरमा पालेको भन्दै गोरखाका २ जना युवकलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले शहिदलखन गाउँपालिका–६ को घैरुङबाट बर्ष २६ को मोहन थापा मगर र बर्ष २५ को बिकास थापालाई पक्राउ गरका हन् ।
दुवै जनालाई प्रहरीले गएको बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । दुवै जनाको साथबाछ १–१ वटा हुचिल बरामद भएको सूचना अधिकारी लामिछानेले बताए ।
पक्राउ परेका मोहन र बिकासलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोरखामा बुझाईएको प्रहरीले जनाएको छ ।
हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो । जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो हुचिल जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा यो चरा पाइन्छ ।




















