गोरखा । गोरखाको धावामा रहेको २ वटा विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । भिमसेन थापा गाउँपालिका–४ को धावामा रहेको भगवति मा बि र बाल ज्योति आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।
लियो क्लव अफ गोरखाको समन्वयमा ति बिद्यालयका २०० जना विद्यार्थीलाई पुर्ब बिद्ययार्थीहरुले शैक्षिक सामाग्री हस्तान्तरण गरेको लियो क्लव अफ गोरखा अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।
बितरण गरिएको शैक्षिक सामाग्रीहरुमा कलम, कापी, सिसाकलम, ईरेजर, जमेट्रिक बक्स, क्याल्कुलेटर, मार्कर, ड्स्टर, रेकर्ड फाईल, मसि लगाएतका सामग्रीहरु भएको बिद्यालयले जनाएको छ ।
दुवै बिद्यालयमा गरी १ लाख ८४ हजार ७८३ रुपैंया बराबरको शैक्षिक सामाग्री बितरण गरीएको पुर्व विद्यार्थी एवं अभियान्ता अर्जुन सुर्खेतीले बताए ।


