गोरखा । सदरमुकाममा आज सडक मानव ब्यवस्थापन, उद्वार र राहतका लागि सरोकारवाला निकाय संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यायले उक्क कार्यक्रमको आयोजना गरेको हो ।
मानव सेवा आश्रमको सहजीकरण तथा जिल्ला समन्वय समितिको समन्वयमा भएको कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा अध्यक्ष अधिकारीले स्थानिय, प्रदेश र संघिय सरकारले अपहेलित र अभिभावक विहिनहरुको लागि बनेका कानून र तिनै तहले गनुपर्ने कार्यहरुका बारेमा प्रशिक्षण गराएका थिए । अध्यक्ष अधिकारीले सोही अवशरमा स्थानिय तहलाई पुरै समाज नै खुशी हुने खालका कार्यक्रम ल्याएर पालिकालाई नमूना बनाउन समेत आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर, पालुङटारका मेयर विवश चिन्तन, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बंन्जारा, उप प्रमुख अमृतादेवी वस्ती, बारपाक सुलिकोट गाउँपालिकाका उपाध्यक्ष सनमायाँ गुरुङ र प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा सामुदायिक बन, गोरखा सामुदायिक सिकाई केन्द्र, सामुदायिक सेवा केन्द्र, द्रब्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस, पृथ्वी सामुदायिक पुस्तकालय, जिल्ला बालअधिकार समिति र च्याबर अफ कर्मशबाट सयौ ब्यक्तिहरुले सहभागीता जनाएका थिए ।


