गोरखा । गोरखाको सबै स्थानीय तहहरुलाई संघिय सरकारबाट आगामी आर्थिक बर्षका लागि ४ अर्ब भन्दाबढि बजेट बिनियोजन भएको छ । संघिय सरकारले आगामी आर्थिक बर्ष २०८०–०८१ का लागि सोमवार बाँडफाँड गरेको बजेटमा ११ स्थानीय तहहरुलाई कुल ४ अर्ब ५८ करोड ३७ लाख रुपैया समपूरक बजेट बिनियोजना भएको हो ।
२ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा सवैभन्दा धेरै गोरखा नगरपालिकालाई रकम बिनियोजन भएको छ । गोरखा नगरपालिकाले ६१ करोड ८१ लाख रुपैयाँ पाउने छ । त्यस्तै पालुङटार नगरपालिकालाई ५७ करोड २ लाख रुपैया बजेट बिनियोजना भएको छ ।
सवैभन्दा कम चुमनुब्री गाउँपालिकालाई कुल २० करोड ७७ लाख बजेट बिनियोजन भएको हो । आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख रुपैया, गण्डकी गाउँपालिकालाई ४४ करोड ६८ लाख रुपैयाँ र अजिरकोट गाउँपालिकालाई ३१ करोड ६८ लाख बजेट बिनियोजन भएको छ ।
त्यस्तै गरी, धार्चे गाउँपालिकालाई ३१ करोड २१ लाख रुपैया, शहिद लखन गाउँपालिकालाई ४३ करोड २० लाख रुपैया, भीमसेन थापा गाउँपालिकालाई ४० करोड १० लाख रुपैया बजेट बिनियोजना भएको छ ।
उता बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकालाई ४६ करोड ८९ लाख रकम संघिय सरकारले बिनियोजन गरेको हो ।


