गोरखा । शहिद लखन गाँउपालिकाका किसानहरुलाई पालिकाले अनुदानमा दुनो भैसी उपलब्ध गराएको छ ।
पालिकालाई दुघमा आत्म निर्भर बनाउने उद्वेश्यका साथ वडा नं. ७ बुङ्गकोटका किसानलाई दुना भैँसि बितरण गरिएको हो ।
गाँउपालिकाको आर्थिक वर्ष २०७९–०८० को लागि स्विकृत पशु पालन अन्तरर्गतको भैसी प्रर्बद्वन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ८ जनालाई दुनो भैसी बितरण गरिएको पालिकाले जनाएको छ ।
बुङकोट क्षेत्रमा रहेका किसानहरु मध्य ८ जनालाई पहिलो चरणमा पालिकाले भैसी उपलब्ध गराएको हो । अन्य किसानहरुलाई भने केही साता भित्रै उपलब्ध गराउने पालिकाले जनाएको छ ।


