गोरखा । डिउटीका क्रममा प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा १ जना युवक प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ जुम्लाङ का आनन्द तामाङ भएको गोरखा प्रहरीले पुृष्टी गरेको हो ।
तामाङले सनिबार राती ९ः३० बजेको समयमा प्रहरी चौकी मझुवादेउरालीबाट डिउटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै फलामको रडले आक्रमण गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेका तामाङलाई आइतबार सार्वजनिक शान्ति बिरुद्वको कसूर शिर्षकमा जिल्ला प्रशासनमा मुद्वा दर्ता गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


