गोरखा । उत्तरी गोरखाका १ जना पुरुषको जुम्लामा भएको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्तक ब्यत्ती धार्चे गाउँपालिका–२ का छानवीर गुरुङ भएको जुम्ला प्रहरीले पुष्टी गरेको हो ।
कादुरी नेपाल नामक संस्थामा काम गर्ने गुरुङ काम सकेर गोरखा तर्फ फर्कने क्रममा कनका सुन्दरी गाउँपालिका–६ को गोठीज्यू भन्ने स्थानमा बुधबार भे. १ ख २९१३ नम्बरको बसको पछाडीको टायरले च्यापिएका थिए । च्यापिए गंभिर घाईते भएका गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।
घाईते गुरुङको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पछि उनको शव हिजो (सनिबार) हेली मार्फत गाउँ लगेर अन्त्यष्टी गरिएको पारिवारी स्रोतले जानकारी दिएको हो ।
घटनामा संलग्न रहेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको र घटनाका बारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।


