गोरखा । गोरखामा पहिलो पटक आत्महत्या दुरुत्साहन मुद्वामा १ जना पक्राउ परेका छन् । श्रीमतीले झुण्डीए आत्महत्या गरे पछि बारपाक सुलिकोट गाउँपालिका–३ स्वाराँका २४ बर्षिय सुनिल गुरुङलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
जेष्ठ १० गते सुनिलका श्रीमती २४ बर्षिया रोशनी गुरुङले चिलाउनेको रुखमा झुण्डीएर आत्माहत्या गरेकी थिइन । रातमाटे निवासी रोशनीलाई श्रीमानले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने स्थानियको आक्रोस र रोशनीका आफन्तले समेत जोहरी दिएकाले सुनिललाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
११ गते पक्राउ परेका उनलाई १२ गते गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




















