×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको अकला मन्दिर ३ बर्षदेखि अलपत्र अवस्थामा

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । ऐतिहासिक, पुरातात्विक र पर्यटकीय अकला मन्दिर ३ बर्षदेखि अलपत्र अवस्थामा रहेको गोरखाको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । ठेकेदारको लापरवाही र गोरखा नगरपालिकाको वेवास्ताका कारण अकला मन्दिर पुनःनिर्माण अलपत्र परेको हो ।

    गोरखा नगरपालिका–१४ को गोप्लिङ क्षेत्रमा रहेको अकला मन्दिर ०७८ सालमा ठेक्का सम्झौता भएर ३ महिना भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि विगत ३ बर्षदेखि निर्माण कार्यरत अलपत्र अवस्थामा रहेको छ । गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजना मार्फत २४ लाख १० हजार ८८५ रुपैयाँ ५५ पैसामा बनाउन ०७८ साल असार २ गते गोर्बुङ राना निर्माण सेवासंग सम्झौता गरेको थियो ।

    ०७८ साल असोज ३० गते सम्पन्न गर्ने गरि भएको सम्झौता भएको भएता पनि निर्माण कम्पनीलाई नगरपालिकाले पटक–पटक म्याद थप गर्दै आएको छ । कार्यपालिका बैठक मार्फत निर्माण कम्पनीलाई मन्दिर बनाउन म्याद थप्दै आएको नगरपालिको योजना शाखाले जानकारी दिएको छ । दैनिक तिर्थालु भक्तजन जाने उक्त मन्दिर निर्माण कम्पनीले अपुरो गरेर छोडिदिएको मन्दिरका पुजारी भोजराज जैसीले बताए । ‘काठ भएन भनेर काम नभएको भन्छन्’ भन्दै पुजारी जैसीले भने ‘काम अपुरो गरेर ठेकेदार कता गए कता ।’

    नगरपालिकाका तात्कालिन मेयर राजनराज पन्तले शिलान्यास गरेको उक्त मन्दिर नगरपालिकाको प्राविधिकले स्टमेट गर्दा नै काठको मुल्य नै नराखेर ठेक्का गराउदा समस्या आएको अकला मन्दिर ब्यस्थापन समितिका अध्यक्ष टोपबहादुर महतले बताए । ‘ठेक्का गराउदा काठको मुल्य नै नराखी गराएको’ भन्दै अध्यक्ष महतले भने ‘अहिले हामीले वरपर रहेको ५ वटा समिति मार्फत काठ जोहो गरी रहेका छौ । अब केही दिन भित्रै काम थाल्छौ ।’

    तात्कालिन अवस्थामा मन्दिरको लागि स्थानिय बन समितिहरुले काठ उपलब्ध गराउने सर्तमा ठेक्का लगाएको समितिका अध्यक्ष टोपबहादुर महतले जानकारी दिए । तर मन्दिर बन्दै जादाँ र भूकम्पले भत्काएको स्थानियको घरहरुलाई समितिले काठ दिदा मन्दिरको लागि अपुग भएकाले पनि मन्दिर निर्माणमा ढिलाई भएको उनले सुनाए ।

    समितिले पछिल्लो समय ३ वटा बन समूहबाट ३ सय सेफ्टी काठ पाईसकेको र उक्त काठबाट झ्याल र ढोका निर्माण भई रहेको छ । झ्याल र ढोका कलात्मक हुनुपर्ने भएका कारण ललिपुरका कामदारहरुले काम गरीरहेको समितिले जनाएको छ । अध्यक्ष महतले ठेकेदारले काम थाले जहाँबाट भए पनि काठ ल्याएर दिन सकिने बताए ।

    मन्दिरमा बिजुली बत्ती नभएकोले काठको काम बाहिर गर्दा समस्या भएको भन्दै समितिले हालै बिद्युत लाईन समेत जडान गरेको छ । अब भने मन्दिर परिषरमा नै काठको काम गराउने र मन्दिर निर्माणको काम पनि गराउने समितिका पदाधिकारीहरुले बताए ।

    मन्दिर चाढो नबन्नुमा नगरपालिकाका प्राविधिकहरुको पनि कमजोरी रहेको उनीहरुको आरोप छ । नगरपालिकाका प्राविधिक निशान पाठकले उक्त साईड हेर्दै आएका छन् । मन्दिर निर्माण रोकिएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा.बावुराम भट्टराईले समेत मन्दिरको अवलोकन गरेका थिए ।

    निर्माण कम्पनी भन्छ काठ दिदैन कसरी काम गरौं ?

    २४ लाख १० हजार ८८५ रुपैयाँ ५५ पैसामा ठेक्का सकारेको गोर्वुङ राना निर्माण सेवा कम्पनीका सञ्चालक जीवन रानाले सम्झौता अनुसारको काठ नपाउदा काम सम्पन्न गर्न नसकेको बताउछन् ।

    ‘नगरपालिका संग सम्झौता हुदा नै स्थानिय बन समूहले आवश्यक काठ दिने सर्तमा काम थालेको’ भन्दै सञ्चालक रानाले भने ‘समितिले समयमा काठ नदिदा झ्याल, ढोका, नाल र मुसल बनाउन पाएनौ अनि काम रोकियो ।’ तर पछिल्लो समय एउटा बन समूहले उपलब्ध गराएको ८७ क्यूविक फिट काठले अहिले झ्याल र ढोका बनाउने काम भई रहेकोले केही दिन भित्रै थप काम थाल्ने सञ्चालक रानाले जानकारी दिए ।
    उनले १–२ मा झ्याल र ढोका आउने भन्दै सातादिन भित्रै काम सुरु गर्ने प्रतिबद्वता समेत जनाए । तर उनले पनि नगरपालिकाले खासै चासो नदेखाउदा मन्दिर निर्माणमा ढिलाई भएको जानकारी दिए ।

    डिपिसी गरेर मन्दिरको चारैतिर इट्टाएको गारो लगाईएको मन्दिरमा आवश्यकता अनुसारको काठ उपलब्ध भएको खण्डमा ४ महिना भित्रै काम सम्पन्न हुने पनि निर्माण कम्पनीले दावी गरेको छ । ‘आवश्यता अनुसारको काठ पाएको खण्डमा ३ देखी ४ महिनामा काम सकिने’ भन्दै ठेकेदार रानाले भने ‘मेरो काम गारोको बाहिर कलात्मक ईट्टा हाल्ने मात्र हो । त्यसैले काम सुरु गर्न पाए ४ महिना भित्रै सक्छौ ।’

    नगरपालिकाले तयार पारेको इस्टमेटमा मन्दिरमा लाग्ने काठको कुरा छाडौ मार्वलको समेत इस्टमेट नभएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

    स्थानियको आरोपमा नगरपालिकाबाट रकम लिएर लामो समयदेखी ठेकेदार सम्र्पक बिहिन छन् । सम्झौता रकम मध्ये ९ लाख ५१८ रुपैयाँ २४ पैसा बुझेको कम्पनीले बाँकी काम गर्न खासै चासो नराखेको पनि स्थानियको आरोप छ ।

    ४ महिनामा काम सक्ने गरी भएको सम्झौताको ०७९ साल असार ३० गते पहिलो पटक म्याद थप भएको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.