गोरखा । नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाले निःशुल्क लोक सेवा आयोग कक्षा सञ्चालन गर्ने भएको छ ।
जिल्ला समन्वय परिषद् गोरखाले गोरखा नगरपालिकाको समन्वयमा जेठ २२ गते देखी निःशुल्क लोक सेवा आयोग कक्षा सञ्चालन गर्न लागेको हो ।
परिषद्का अध्यक्ष विष्णु रानाका अनुसार कक्ष १५ दिनसम्म सञ्चालन गरिने छ । नेपाल सरकारको हरेक निकायमा आदीबासी जनजातीको सहभागिता प्रतिनिधित्व गराउने उदेश्यले कक्षा सञ्चालन गर्न लागिएको उनने बताए ।
लोक सेवाको कक्षामा अपाङ्ग, अशक्त तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई विशेष प्रथमिकतामा दिने महासंघले जनाएको छ ।
लोक सेवाको उक्त्त कक्षाामा सहभागी हुन १२ पास गरेको हुनु पर्ने छ । तालिममा ४० जनाको सहभागीता हरने पनि महासंघले जानकारी दिएको छ ।


