गोरखा । गोरखा सदरमुमकामबाट लागू औषध गाँजा सहित १ जना बृद्वलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१२ पाण्डे डि बस्ने मैते कामी भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
मैतेलाई विशेष सुराकीको आधारमा प्रहरीले आज (मंगलबार) बिहान ११ बजे उनकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार मैतेले गाँजाको कारोबार गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले आफ्नै घरमा लुकाई राखेको अवस्थामा ४९८ ग्राम गाँजा बरामद भएको थियो ।
पक्राउ परेका मैतेलाई आजै लागू औषध गाँजा शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।


