काठमाडौं । युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन् । गीतमा आयुषको स्वर, शब्द र संगीतमा रहेको छ ।
गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । बिजेश र राजनको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो ।
भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















