गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज गृह जिल्ला गोरखामा आएर भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नछुट्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभाको उदघाटन गर्दै उक्त प्रकारणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भईरहेकाले दोषी देखिएका सबैलाई कानूनी दायरामा ल्याउने प्रतिबद्वता समेत जनाए ।
‘उनले कार्यक्रममा बोल्दै नेपाली नागरिकलाई अनागरिक बनाएर अकैको देशमा शरणार्थी बनाएर पठाउने अनि अकुत सम्पत्ति आर्जन गर्ने काम भएको भन्दै त्यसमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कानूनको दयरामा ल्याउन लागेको बताए । उनले भने, ‘अब कोही निर्दोष फस्ने छैन, कुनै दोषीले उम्कने छैनन् ।’
गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको बताउदै निर्दोषहरुलाई सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तान्ने काम नहुने भनाई र।ाखे । उनले अहिलेको यो कामले नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुग्ने समेत विश्वास ब्यक्त गरे ।




















