गोरखा । बुंकोटमा रहेको स्वास्थ्य चौकी आज बिहान आगलागी भएको छ । आगलागीबाछ भवनको माथिल्लो तला तथा विभिन्न स्वास्थ्य सामाग्रीहरु नष्ट हुदा ५० लाखभन्दा बढीको क्षती भएको छ ।
शहिदलखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आइतबार बिहान ४ः३० बजेदेखी नै आगलागी भएको वढाध्यक्ष शरण श्रेष्ठले बताए । ‘स्थानियले बिहान आगोलागेको देखेर खबर गरेको’ भन्दै वडाध्यक्ष श्रेष्ठले आगलागीबाट ५० लाखभन्दा बढीको क्षती भएको’ उनले बताए ।
२ तले भवनको माथिल्लो तला कामै नलाग्ने गरी आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीको प्रारम्भीक अनुमानमा उक्त आगलागी तल्लो तलामा भएको स्टोरमा विद्युत सर्ट भएको अनुमान गरिएको छ ।
आगलागी हुदा सरकारी कागजपत्र सबै नष्ट हुनुका साथै महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु सबै जलेको पनि वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त आगलागी स्थानिय, नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेनाका जवानहरुको सहायतामा नियन्त्रणमा आएको छ ।, आगलागी पछि पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन ।
तस्बिर शरण श्रेष्ठ


































