गोरखा । गोरखा जिल्ला भित्र बसोबास गर्ने तमु बिद्यार्थीहरुको छात्रवृत्ति छनौट कार्यक्रम आज हुदै छ । तमू सांस्कृतिक प्रतिष्ठान नेपालकोले गोरखा जिल्लामा छात्रवृत्ति बितरण गर्न आज विद्यार्थी छनोट कार्यक्रमको आयोजना गरेको हो ।
शिक्षा क्षेत्रमा तमू ९गुरुङ० बिद्यार्थीहरुको विकासको लागि तमू सास्कृतिक प्रतिष्ठान नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको पूर्व अध्यक्ष खुशीमान गुरुङले जानकारी दिए ।
छात्रवृत्ति छनौट कार्यक्रमको लागि छनौट परिक्षा सदरमुकाममा रहेको तमु ह्विल छों ज धिंको कार्यालयमा हुने आयोजकले जानकारी दिएको छ ।
८ पास भएका तमू ९गुरुङ० बिद्यार्थीहरुले यस परिक्षामा सहभागी हुन पाउनेछन् । छात्रवृत्तिको परिक्षामा छनौट भएका बिद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म नियमित उत्तिण हुदा यो सेवा पाउनेछन् ।
प्रतिष्ठानका अनुसार यो परिक्षामा प्रत्येक बिद्यालयबाट २ जना विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । प्रतिष्ठानले बनाएको नियम अनुसार परिक्षामा सहभागी हुन तमु बिद्यार्थीहरुले सरकारी बिद्यालयमा अध्यापन गरेको हुनुपर्ने छ ।
गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई प्राथमिकता दिएको यो कार्यक्रममा गणित, विज्ञान, अंग्रेजी र नेपालीको परिक्षा एकै पेपरमा लिएको पनि पूर्व अध्यक्ष गुरुङले जानकारी दिए ।
छनौट भएका बिद्यार्थीहरुले कक्षा ९ देखी १२ पास गर्दा प्रति बर्ष ८ हजार रुपैयाँका दरले छात्रबृत्ती पाउने प्रतिष्ठानले जानकारी दिएको छ ।


