गोरखा । गोरखा फिनामका क्यान्सर पिडित एक परिवारलाई गोरखाली समाज युकेले आज आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गोरखा नगरपालिका–४ फिनाम निसावी स्व.छन्दबहादुर अधिकारीको परिवारलाई समाजले ८० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
अधिकारीको गत चैत्र ३ गते जिब्रोको क्यान्सरका कारण निधन भए पछि परिवारलाई समाजले क्रिया खर्च भन्दै आर्थिक सहगोग गरेको समाजका अध्यक्ष अशोकबावु ढकालले बताए ।
अध्यक्ष ढकालका अनुसार पिडित परिवारलाई समाजले संकलन गरेको पैसा क्रिया खर्च भन्दै सहयोग उपलब्ध गराएको हो ।
समाजबाट प्राप्त रकम अधिकारीको परिवारलाई विण्णु पोखरेलले चेक उपलब्ध गराएको छ । आर्थिक समस्याले ग्रसित परिवारलाई सहयोग गर्न पाएकोमा समाज अध्यक्ष ढकालले खुशी ब्यक्त गरे ।


