×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सिर निहुरीने काम गर्ने छैन : मुख्यमन्त्री पाण्डे

  •  गोरखा समाचार
  • बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफु पदमा रहदासम्म सिर निहुरीने काम नगर्ने प्रतिबद्वता ब्यत्त गरेका छन् । नेपाली काँग्रेस गोरखाले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डे उक्त कुराको प्रतिबद्वता ब्यक्त गरेका हुन् ।

    मुख्यमन्त्री बने पछि पहिलो पटक गृह जिल्ला आएका पाण्डेले पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टी भित्रका केही मानिसहरु लोभ र लालचमा फसेर बिग्रीए होलान तर आफु मुख्यमन्त्रीको पदमा रहदासम्म पार्टी, कार्यकता र जिल्ला बासीले सिर निहुरीने गरी कुनै पनि काम नगर्ने बताएका हुन् ।

    मुख्यमन्त्री पाण्डेलाई स्वागत तथा बधाईदिन जिल्लाका विभिन्न क्षेत्रबाट आएका नेपाली काँग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधीहरुलाई निर्देशन दिदै जनचाहना अनुसार काम गर्न भनेको छन् । उनले यस्तो गरेको खण्डमा मात्रै पार्टीको वाहवाही हुने बताए ।

    बैशाख १४ गते मुख्यमन्त्रीमा नियुत्त भएका पाण्डेले १५ गते पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको १९औं दिनमा गृह जिल्ला आएका उनले प्रदेश संग स्रोत र साधनको कमी भएको भन्दै प्रचार मुखी भन्दा विकासमुखी कार्यक्रम ल्याउन लागेको बताए ।

    गाँजा र रक्सीलाई ब्राण्ङि गर्ने योजना

    गृह जिल्ला आएको मौकामा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरु संग कुरा गर्दै प्रदेश भित्रका धेरै जसो युवाशक्ति बिदेश पलायन भएको भन्दै कानूनले दिएको खण्डमा गाँजा र स्थानिय स्तरमा पाउने रक्सीलाई ब्राण्डिङ गर्ने योजना बनाएको सुनाए ।

    उनले ‘गाँजा लागु पदार्थ हो वा औषधी’ भन्दै ‘औषधी हो भने नियमन निकाय बनाएर गाँजा खेती गर्न सकेको खण्डमा युवाहरु विदेश पलायन हुन कम हुने’ बताए । उनले संघले गाँजालाई औषधी हो भनेर कानून ल्याएको खण्डमा ब्यवसायीक खेती तर्फ युवाहरु लाग्ने र त्यसबाट परिवार, समाज, जिल्ला तथा प्रदेश नै आत्मनिर्भर हुने तर्क राखे ।

    तर यो कुरा बहसको बिषय भएको भन्दै मुख्यमन्त्री पाण्डेले बहसले सार्थक रुप लिएको दिन र कानून आए पछि भने स्थानिय स्तरमा उत्पादन हुने रक्सीलाई गुणस्तर मापन गरी लेबलिङ गरेर बिक्री गर्ने योजनामा रहेको बताए ।

    सञ्चारकर्मी संग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले यो २ वटा मात्र काम गर्न सकेको खण्डमा विदेश पलायन हुने युवा शक्तिलाई यही रोक्न सकिने र दुवै बस्तुबाट प्रदेशले मनग्य आम्दानी गरेर पुर्वाधार बिकासका कामहरु गर्न सकिने कुरा बताए ।

    लिफ्टीङ खानेपानी तथा सिंचाईमा बिद्युत मिनाह

    मुख्यमन्त्री पाण्डेले सञ्चारकर्मीहरु कुरा गर्दै लिफ्टीङ खानेपानी तथा सिंचाईको बिद्युत महशुल निःशुल्क हुने बताए । आफु मुख्यमन्त्री हुदाकै दिन यो कुराको निर्णय भएको भन्दै उनले आगामी दिनमा सार्वजनिक हुने निति तथा कार्यक्रममा समावेश हुने बताए ।

    ठुला जलबिद्युत आयोजना निर्माण गर्ने

    मुख्यमन्त्री पाण्डेले प्रदेशको निति तथा कार्यक्रम केही साता भित्रै सार्वजनिक हुने भन्दै प्रदेशले ठुला जलबिद्युत आयोजना निर्माण गर्ने तर्फ ध्यान दिएको बताए । उनले ठुला आयोजना बनाउन सकेको खण्डमा त्यसको आम्दानीले पनि प्रदेश आत्मनिर्भर हुने भन्दै त्यस्तो बिषयमा छलफल भईरहेको जानकारी दिए ।

    उनले प्रदेश एक्लैले निर्माण गर्न नसकेको खण्डमा पिपिपी मोडलमा पनि यस्ता आयोजनाहरुको निमार्ण गर्न सकिने बताए ।

    सञ्चारकमी मेरो भाई र मित्र हो

    मुख्यमन्त्री पाण्डेले सञ्चारकर्मी आफ्नो भाई र मित्र भएको बताउदै आफुलाई गलत काम बाट रोक्न सधै सुझाव दिन आग्रह गरे । उनले भने ‘मेरो लागि भाई जस्तो पनि हुनुहुन्छ । साथी जस्तो पनि हुनु हुन्छ’ भन्दै मुख्यमन्त्री पाण्डेले भने ‘ म पनि मान्छे हो । म बाट पनि गल्ती हुन सक्छ । मैले गल्ती गर्छ र यसको बारेमा लेख्छु भन्छु भन्नु भन्दा पनि पहिल्यै तपाई गलत बाटोमा जादै हुनुहुन्छ भन्ने हामीलाई लागेको छ । सही बाटो यो हुन्छ भनेर सल्लाह र सुझावको म सधै अपेक्षा गर्दछु ।’

    ‘म बिग्रीहाल्नु भन्दा अगाडी मलाई बिग्रन बाट बचाईदिन अनुरोध छ’ मुख्यमन्त्री पाण्डेले भने ।

    नेपाली काँग्रेस गोरखाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभापती नन्दप्रसाद न्यौपानेलाई नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको सचेत भएकोमा सम्मान गरिएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.