साँकेतिक तस्बिर
गोरखा । सुत्केरी गराउन चितवन लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेकी महिलाको शल्य क्रिया गरेर बच्चा निकालिएको छ । दुर्घटना हुदा गोरखा नगरपालिका–६ निवासी बर्ष २८ कि श्रृजना गौतम गंभिर घाईते भएकी थिइन ।
गौतमको शफल शल्य क्रिया भएको नयाँ मेडिकल कलेजका चिकित्सकहरुले जानकारी दिएका छन् । सुत्केरी गराउन चितवन तर्फ जादै गदा ग ३ च १५०८ नम्बरको एम्बुलेन्स मंगलबार बिहान १ः४० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गंभिर अवस्थामा रहेकी श्रृजनाको चिकित्सकहरुले शल्यक्रिया गरेर बच्चा निकालेको हो । शल्या क्रिया गरेर बालक निकालिएको डा.सन्दिप मास्केले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुले दिएको जानकारी अनुसार एम्बुलेन्स दुर्घटनामा परेकी श्रृजनाको अनुहारमा चोट लागेको छ भने देब्रे खुट्टा भाँचिएको छ । घाईते श्रृजनाको अवस्था सामान्य देखिएमा बिहीबार खुट्टाको अप्रेशन गनुपर्ने चिकित्सकहरुले जानकारी दिएको डा.मास्केले बताए ।
श्रृजनालाई सुत्केरी गराउनको लागि एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नं. को ट्रक संग एम्बुलेन्स ठोकिन पुगेको थियो ।
आमा र बच्चा दुवैलाई अहिले आईसियुमा राखेर उपचार भई पनि चितवन प्रहरीले जनाएको छ ।


