साँकेतिक तस्बिर
गोरखा । बढो आगलागि नियन्त्रणको लागि गोरखा नगरपालिकालाई अग्नि नियन्त्रण सामाग्री प्राप्त भएको छ । गृह मन्त्रालय अन्तरर्गत राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणले उक्त सामाग्री प्रदान गरेको हो ।
गएको बैशाख महिनामा गोरखा नगरपालिका क्षेत्र भित्रको केही जंगलमा आगलागी भएको तस्बिर सामाजिक सञ्जालमा नगरपालिकालाई प्राधिकरणले ६० लाख बरावरको १६ प्रकारको अग्नि नियन्त्रण सामाग्री प्रदान गरेको छ ।
सामाजिक सञ्जालमा आएको उक्त तस्बिर गोरखा नगरपालिका–३ नारेश्वर निवासी निर्मल अधिकारीले गृह मन्त्रालयको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणमा देखाए पछि नगरपालिकालाई उक्त सामाग्री दिने निर्णय भएको अधिकारीले टेलिफोन मार्फत जानकारी दिए । अधिकारी राजधानी बसेर जिल्लाकाे बिकासकाे काममा हातेमालाे गर्दै आइरहेका ब्यत्ती हुन् ।
अधिकारीको एकल प्रयास पछि गोरखा नगरपालिकाले राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको थियो । ति सामाग्रीहरु भोली (मंगलबार) जिल्ला ल्याउने तयारी भईरहेको गोरखा नगरपालिकाका बातावरण अधिकृत ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।
प्राधिकरणले फायर प्राेटेवल पम्म, ब्याक प्याक पम्प, फायर रेक, काेदालाे, फावडा, पन्जा, माेजा, जुत्ता, हेडलाईट, हेलमेट, अनुहारमा लगाउने मास्क, पानीका बाेतल जस्ता सामाग्री नगरपालिकालाई उपलब्ध गराएकाे समन्य कर्ता अधिकारीले जानकारी दिए ।
सामाग्री प्राप्त भए पछि भने आगलागि नियन्त्रणको लागि सहज हुने नगरपालिकाले जनाएको छ । सामाग्री नहुदा घर आगलागि हुदाँ समेत नगरपालिका मुकदर्शक भएर बस्नु पर्ने बाध्यता रही आएको थियो ।


