गोरखा । प्रेस चौतारी गोरखाका अध्यक्ष अश्विन दानी सम्र्पक बिहीन भएको भन्दै उपाध्यक्ष सुजन न्यौपानेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको छ ।
दानी लामो समयसम्म पनि जिल्ला, प्रदेश र केन्द्रको सम्र्पकमा नआएको भन्दै उनलाई जिम्मेवारीबाट हटाएर उपाध्यक्ष न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।
प्रेस चौतारी नेपाल, गण्डकी प्रदेशका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले न्यौपानेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । उनले हस्ताक्षर गरेको पत्रमा ‘प्रेस चौतारी नेपालको बिधान अनुसार संस्थाको काम, कर्तब्य र गतिविधीलाई चलायमान बनाउन तपाईलाई आजैका मितिदेखी लागू हुने गरी प्रेस चौतारी नेपाल, जिल्ला शाखा गोरखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ’ भनिएको छ ।
पत्रको बोधार्थः प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी, गण्डकी प्रदेश ईन्चार्ज र गोरखा शाखा ईन्चार्ज तथा नेकपा एमाले गण्डकी प्रदेश र गोरखालाई समेत दिएको छ ।





















