साँकेतिक तस्बिर
गोरखा । गोरखाको घौचुरमा हिजोराती भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । सोही घटनामा परी अन्य ५ जना घाईते भएका छन् ।
बैशाख ३१ गते आइतबार राती ९ बजेको समयमा गण्डकी गाउँपालिका–६ भुम्लिचोकको घौचुरमा बा. ०१–०२५ च. ६२०४ नम्बरको बोलेरो जिप दुर्घटना हुदा ७८ बर्षिया किरमायाँ आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
काठमाण्डौंबाट घौचुर तर्फ जाने क्रममा राती बोलेरो जिप अनियन्त्रीत भएर सडकबाट ७० मिटर तल खसेको थियो । दुर्घटनामा परी गण्डकी गापा–६ बस्ने बर्ष ७७ की कनमाया आले, बर्ष ७८ को धनबहादुर आले, बर्ष ८१ को तिर्थबहादुर आले, बर्ष ७२ को पुर्णबहादुर थापा, बर्ष ६५ की गंगामाया थापा र बर्ष ७८ की किर माया आले गरी ६ जना घाईते भएकोका थिए ।
गंभिर घाईते भएकी किरमायाँको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाईते अन्य सबैलाई हिजो राती नै गोरखा अस्प्तालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवनको मेडिकल कलेज लगिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न बा. ०१-०२५ च. ६२०४ नं. को बलेरो जिपका चालक गण्डकी गाउँपालिका–६ बस्ने बर्ष ४३ को केहर सिं थापालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भई रहेको छ ।


