गोरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले साता दिन अगाडी सञ्चालनमा ल्याएको ‘ट्राफिक सप्ताह’ आज सम्पन्न भएको छ । बैशाख २५ गते सोमबारदेखी सुरु भएको ‘ट्राफिक सप्ताह’ आइतबार सम्पन्न भएको हो ।
सडक सुरक्षा हामी सबैको रक्षा भन्ने नाराका साथ सुरु सप्ताह गोरखा जिल्लामा भने बैशाख ११ गतेदेखी नै विभिन्न कार्यक्रम गरिएको जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका ईन्चाज बेदनाथ भण्डारीले जानकारी दिए । कार्यालय परिषरमा पत्रकार सम्मेलन गर्दै ईन्चाज भण्डारीले सप्ताहको पहिलो दिन २५ गते पुरानो बसपार्कबाट रर्याली गरेर सदरमुकामको विभिन्न स्थानको परिक्रममा गरी कोण सभा गरिएको जानकारी दिए ।
साता दिनसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी समापन गरिएको सप्ताहको दोस्रो दिन जनचेतना मुलक सन्देश सहितको पर्चा पम्लेट बितरण गरिएको, धुलो धुवाबाट जोगिन निशुल्क मास्क बितरण, सवारी साधानमा स्टिकर टाँस्ने काम, बिद्यार्थीहरुलाई जेब्रा क्रश नभएको स्थानमा बाटो काट्ने सिकाइएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
सप्ताहको आज अन्तिम दिन भने ट्राफिक प्रहरी कार्यालय गोरखाको आयोजनामा सदरमुकामको हरमटारी क्षेत्रमा आजसम्म सडक दुर्घटनामा ज्यान गुमाउने सबैको सम्झनामा दिप प्रज्वलन गर्ने कार्यक्रम राखिएको पनि ईन्चाज भण्डारीले जानकारी दिए ।




