गोरखा । गोरखामा रुखले च्यापिएका १ जना पुरुषको हेलिकप्टर मार्फत उद्वार गरी राजधानी लगिएको छ ।
आफैले काटेको रुखको हाँगाले च्यापिए गंभिर घाईते भएका अजिरकोट गाँउपालिका ३ काफलडाँडा निवासी राजेन्द्र अधिकारीको उद्वार गरी राजधानी लगिएको हो ।
रुख काट्ने क्रममा हाँगाले च्यापिएर गम्भिर घाइते अधिकारीको टाँउकोमा गम्भीर चोट लागेको छ । २ जना मिलेर रुख काटने क्रममा अधिकारीलाई रुखको हागाँले लगेर गंभिर घाईते भए पछि गाँउपालिकाको पहलमा गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको थियो ।
अधिकारीको राजधानीको एक अस्पतालमा उपचार भईरहेको उनको अवस्था सामान्य भएको पनि पारिवारीक स्रोतले जानकारी दिएको छ ।


