गोरखा । योङ्ग कम्युनिष्ट लिग नेपाल गोरखाले सदरमुकाममा भ्रष्टचार बिरुद्द बर्तमान सरकारको कदम प्रति ऐक्यबद्दता तथा खबरदारी गरेको छ ।
वाईसिएल नेपालको राष्ट्रिय कार्यक्रम अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी तथा भ्रष्टाचार काण्डमा मुछिएका सबैलाई कारबाही गर्न माग गर्दै ऐक्यबद्दता तथा खबरदारी गरेको हो । ्
संयोजक सागर श्रेष्ठका अनुसार केन्द्रको आयोजनामा ७७ वटै जिल्लामा ऐक्यबद्दता तथा खबरदारी गर्ने कार्यक्रम तय भए अनुसार नै गोरखा सदरमुकामको हमरटारी चोकमा कार्यक्रमको आयोजना गरिएको हो ।
सहभागीहरूले सदरमुकाममा प्रर्दशन गर्दै एमाले सचिव ‘टोपबहादुर रायमाझी खोई ?, भ्रष्टाचार जघन्य अपराध हो, आइ एम विथ प्रचण्ड जस्ता नारा लेखिएका प्ले कार्डहरु समेत प्रदर्शन गरेका थिए ।
संयोजक श्रेष्ठले गोरखाली जनताले जिताएर पठाएको प्रधानमन्त्री तथा गृहमन्त्रीले चालेको कदम राम्रो भएको भन्दै ऐक्यबद्वताका लागि प्रर्दशन गरिएको बताए ।
भ्रष्टचारीको कुनै लिङग, जात र धर्म नहुने भन्दै भ्रष्टचारी जो कोही भए पनि संरक्षण गर्नु हुदैंन संयोजक श्रेष्ठले भने ।




















