गोरखा । बारपाक सुलिकोट गाँउपालिकाको आगामी आव २०८०/०८१ को बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक हालै सम्पन्न भएको छ ।
गाँउपालिकाले चालु आबको समिक्षा र आगामी आवको बिकास निमार्ण, पूर्वाधार तथा सडक स्तरउन्नतीका विषयमाथी छलफल गरी सर्वदलीय बैठक सम्पन्न गरेको हो ।
बैठकमा सहभागीहरुले घ्याम्पेसाल–ताकु सडकको कामको गुणस्तर राम्रो नभएको बारेमा ब्यापक छलफल भए पछि अनुगमन गरि कारबाही गर्नु पर्ने सुझाब दिएका छन् ।
समिक्षा बैठकमा बिकास पूर्वधारको अनुगमनका लागी समिति बनाएर मात्रै पैसा निकास गर्नै बैठकले निणर्य गरेको गाउँपालिकाले जानकारी दिएको छ । उक्त बैठकले दिर्घकालीन रुपमा प्रभाव पर्ने गरी बजेट विनियोजन गर्न सुझाब दिएको थियो ।
बैठकले सिमान्तकृत, पिछडिएका समुदायको विधार्थीहरुलाई प्राविधिक शिक्षामा अगाडी बढाउन कार्यक्रम तथा बजेट ल्याउनु पर्ने, बालबालिका, किसान, अपाङ्ग, दलित परिवारलाई स्वाथ्यका कार्यक्रममा सहमागी गराउन आव ०८०/८१ मा संबोधन गनुपर्ने सुझाव आएको पनि पालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकरी दिए ।
गाँउपालिका अध्यक्ष भट्टको अध्यक्षतामा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादि केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


