गोरखा । नेपाली काग्रेसको गण्डकी प्रदेशसभाको सचेतकमा नन्दप्रसान न्यौपाने मनोनित भएका छन् । काग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई सचेतकमा मनोनित गरेका हुन ।
गोरखा क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा निर्वाचित भएका न्यौपाने काग्रेस प्रदेशसभा दलको सचेतकमा मनोनित भएको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले जनाएको छ ।
न्यौपाने नेपाली काग्रेस गोरखा जिल्लाका पार्टी सभापति समेत हुन । नेपाली काग्रेस प्रदेशसभा संसदीय दलको बिधान २०७४ को धारा (११) बमोजिम न्यौपानेलाई नेता पाण्डेले मनोनित गरेको हो ।


