गोरखा । नेपाल नेत्र ज्योति संघ गोरखाको सभापतिमा शित्तलकाजी मास्के निर्विरोध चयन भएका छन् । संघको आज सदरमुकाममा भएको ११औं साधारण सभा तथा ५औं अधिवेशनले मास्केलाई सर्व सम्मत रुपमा सपभापतिमा चयन गरेको हो ।
अधिवेशनले उपसभापति, सचिव र कोषाध्यक्ष पछि चयन गर्ने गरी १० जना सदस्य समेत चयन गरेको छ । सर्व सम्मत भएका सदस्यहरुमा रामबावु जोशी, श्याम जोशी, बसुन्धारा जोशी, उमा जोशी, सन्तोषी जोशी, मञ्जु अर्याल, सुजन कुवर, सिताराम तिवारी, सञ्जय अधिकारी र श्यामबावु श्रेष्ठ चयन भएको निर्वतमान सचिव रामबावु जोशीले जानकारी दिए ।
अधिवेशनको बन्द सत्रमा सचिव रामबावु जोशी र कोषाध्यक्ष योङ्गकुमार श्रेष्ठले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
नेपाल नेत्र ज्योति संघ बाग्मती प्रदेशका सभापति ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघका केन्द्रिय सदस्य चिजकुमार श्रेष्ठ, गण्डकी प्रदेका सचिव श्रवणकुमार जोशी, निर्वतमान अध्यक्ष पोवनाथ घिमिरे, लायन्स क्लब अफ गोरखाका अध्यक्ष लक्ष्मण आचार्य, सल्लाहकार धिरजबहादुर मास्के, समाजसेवी बद्रीबहादुर मास्के र सहभागी मध्येबाट मञ्जु अर्यालले शुभ कामना मन्तब्य राखेका थिए ।
सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको पानसमा बत्ती बालेर प्रमुख अतिथी पौडेलले कार्यक्रमका उदघाटन गरेका थिए ।
संघले स्थापना कालदेखी नै लायन्स क्लब संग सहकार्य गर्दै गोरखामा आँखा सम्वन्धी सेवाहरु दिदै आएको छ ।




