गोरखा । आज गोरखा जिल्लाको अधिकाशं स्थानमा बिहानैदेखी बत्ती जाने भएको छ । नेपाल बिद्युत प्राधिकरण गोरखाले सूचना जारी गदै बत्ती अबरुद्व हुने जनाएको हो ।
गोरखा बितरण केन्द्रले गोरखा–आँबुखैरेनी ३३ के.भि.फिडरमा पर्ने हाँगा विगाँहरु काट्न तथा मर्मत गर्न भन्दै बिहान ८ः०० बजेदेखी साँझ ५ः०० बजेसम्म बिद्युत अबरुद्व हुने जनाएको हो ।
गोरखा बिरतण केन्द्रले आज सूचना जारी गर्दै बैशाख २३ गते शनिबार आँबुखैरेनी सव स्टेशन देखी गोरखा सव स्टेशनसम्म सप्लाई भएको ३३ के.भि.फिडरमा बिद्युत लाईन मुनी तथा आसपासमा परेका रुखका हाँगा बिगाँहरु काटनु पर्ने भएकोले बिहान ८ः०० बजेदेखी बेलुकी ५ः०० बजेसम्म गोरखा सव स्टेशनबाट वितरण भएका फिडरहरुमा बिद्युत सेवा अबरुद्व हुने जानकारी गराएको छ ।
गोरखाको कुन कुन क्षेत्रमा आज लाइन हुदैन त ?
गोरखा नगरपालि : १ देखी १४ वडा सबै
पालुङटार नगरपालिका : १ र ९ अर्थात खोप्लाङ
सिरानचोक गाउँपालिका : ४, ५, ६, ७ र ८ अर्थात चित्रे पोखरी, छोप्राक, चोरकाटे, जरेबर, गाँखु, नयाँ साँघु, शहिद लखन गाउँपालिका ७, ८ र ९ अर्थात बुंकोट र नामजुङ
भिमसेन थापा गाउँपालिका : बोर्लाङ, घ्याम्पेशाल, मसेल, तान्द्राङ र आरुपोखरी


