गोरखा । शनिबार गोरखा जिल्लाको अधिकाशं स्थानमा बिहानैदेखी बत्ती जाने भएको छ । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले गोरखा–आँबुखैरेनी ३३ के.भि.फिडरमा पर्ने हाँगा विगाँहरु काट्न गर्न लागेका कारण बिद्युत अबरुद्व हुने भएको हो ।
गोरखा बिरतण केन्द्रले आज सूचना जारी गर्दै बैशाख २३ गते शनिबार आँबुखैरेनी सव स्टेशन देखी गोरखा सव स्टेशनसम्म सप्लाई भएको ३३ के.भि.फिडरमा बिद्युत लाईन मुनी तथा आसपासमा परेका रुखका हाँगा बिगाँहरु काटनु पर्ने भएकोले बिहान ८ः०० बजेदेखी बेलुकी ५ः०० बजेसम्म गोरखा सव स्टेशनबाट वितरण भएका फिडरहरुमा बिद्युत सेवा अबरुद्व हुने जानकारी गराएको छ ।
केन्द्रले जारी गरेको सूचनामा ‘मिति २०८०–०१–२३ गते शनिबारको दिन आँबु खैरेनी स/स देखी गोरखा स/स सम्म सप्लाई भएको ३३ के.भि.फिडरमा बिद्युत लाईन मुनि तथा आसपास (च्ष्नजत या ध्बथ) मा परेका रुखका हाँगा बिगाँहर काट्नु पर्ने र मर्मत संभार गर्नुपर्ने भएकोले उक्त दिन बिहान ८ः०० बजेदेखी बेलुकी ५ः०० बजेसम्म गोरखा स/स बाट बितरण भएका फिडरहरुमा बिद्युत सेवा अबरुद्व हुने भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ ।
केन्द्रबाट जारी सूचना अनुसार शनिबार गोरखा नगरपालिका भित्र सबै वडाहरुका साथै पालुङटार नगरपालिकाको १ र ९ अर्थात खोप्लाङ, सिरानचोक गाउँपालिका ४, ५, ६, ७ र ८ अर्थात चित्रे पोखरी, छोप्राक, चोरकाटे, जरेबर, गाँखु, नयाँ साँघु, शहिद लखन गाउँपालिका ७, ८ र ९ अर्थात बुंकोट र नामजुङ तथा भिमसेन थापा गाउँपालिको बोर्लाङ, घ्याम्पेशाल, मसेल, तान्द्राङ र आरुपोखरी क्षेत्रमा बिद्युत अबरुद्व हुने छ ।
उक्त क्षेत्रमा सेवा केन्द्रले करिब १८ हजार घर धुरीमा बिद्युत सेवा दिदै आएको गोरखा बितरण केन्द्रका निमिक्त प्रमुख साघुराम तिवारीले जानकारी दिए ।


