गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज गोरखाको एक प्रहरी चौकीको उद्घाटन गरेका छन् । मन्त्री श्रेष्ठले सिरानचोक गाउँपालिकिा–५ को चित्रेपोखरीमा निर्माण सम्पन्न भएको चौकीको उद्घाटन गरेका हुन् ।
चित्रेपोखरीमा हालै निर्माण सम्पन्न भएको ५ कोठे प्रहरी चौकीका लागि पालिकाले जग्गा र आर्थिक सहयोग गरेको हो । सिरानचोक गाउँपालिकाको २४ लाख ८० हजार ३७५ रुपैयाँमा भवन निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत उमेशकुमार यादवले जानकारी दिए ।
नव निर्मित उक्त भवनमा चुनुवा कक्ष समेत निर्माण गरिएको छ ।
उक्त भवनको आज एक कार्यक्रम बिच मन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सोही अवशरमा पालिकाले उपलब्ध गराएको २ थान मोटरसाइकल समेत मन्त्री श्रेष्ठले प्रउ श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
पालिकाले उपलब्ध गराएको उक्त मोटरसाइकल सिरानचोक गाउँपालिका भित्र रहेको चोरकाटे प्रहरी चौकी र धारापानी प्रहरी चौकीलाई हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
कार्यक्रममा सिरानचाेक गाउँपालिकाका अघ्यक्ष ज्ञानेन्द्र गुरुङ, उपप्रमुख रीता देवकाेटा, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषाल, प्रहरी उपरिक्षक अनुपम श्रेष्ठका साथै अन्य सुरक्षा प्रमुख र सर्व साधारणकाे उपस्थिती रहेकाे थियाे ।




