गोरखा । अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबै ब्यत्तीहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गर्नुपर्ने नीति ल्याएको छ ।
सामुदायिक बिद्यालयहरुलाई थप ब्यबस्थित र प्रभाबकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उदेश्यले गाउँपालिकाले यस्तो नीति ल्याएको ल्याएको हो ।
अजिरकोट गाउँ कार्यपालिकामा सार्बजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी बिधालय ब्यबस्थापन समितिमा आबद्ध शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्ना बालबालिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्म अनिवार्य सामुदायिक बिद्यालयमा भर्ना गराउनुपर्ने निति ल्याइएको अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
गाउँपालिकाले आज सूचना जारी गर्दै आगामी ७ दिनभित्रमा सम्बधित सवैले सामुदायिक बिद्यालयमा आफ्ना बालबालिका भर्ना गराई उँपालिकाको शिक्षा शाखामा जानकारी गराउन समेत भनेको छ ।





















