गोरखा । गोरखा घरभई हाल अमेरिका बस्दै आएका नारायण पाण्डेको सवारी दुर्घटनामा परी निधन भएको छ । करिब डेढ महिना अगाडी सवारी दुर्घटनामा परेका पाण्डेको मंगलबार राती निधन भएको पारीवारीक स्रोतले जानकारी दिएको हो ।
गोरखाको भिमसेन थापा गाँउपालिका–६ अश्राङमा जन्मिएका पाण्डे गोरखा नगरपालिका–६ मा स्थायी बसोबास हुदै हाल अमेरिकाको टेक्सास राज्यको स्विचिता फल्समा बस्दै आएका थिए । पाण्डेले माध्यामिक तहको अध्ययन गोरखा नगरपालिका–६ को श्री शक्ति माध्यामिक बिद्यालयबाट लिएका थिए ।
कामको शिलसिलामा घरबाट बाहिरीने क्रममा आफुले चलाएको सवारीलाई विपरीत दिशाबाट आएको सवारीले ठक्कर दिदा पाण्डेको हात, करङ तथा खुट्टाका साथै शरिरको धेरै भागमा क्षति पुगेको थियो ।
पछिल्लो समय थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा हेली मार्फत भेन्टिलेटरमा राखिएका पाण्डेलाई चिकित्सकहरुले मृक्त घोषित गरेका थिए ।
अमेरिकामा साथीसंग मिलेर ग्रोसरी पसल सञ्चालन गर्दै आएका पाण्डे नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क मञ्चका पुर्व अध्यक्ष तथा गोरखा–काठमाडौं सम्पर्क मंच का पुर्ब अध्यक्ष समेत थिए ।
पाण्डेको दुख निधन प्रति उनका समकक्षी तथा पार्टीले दुःख ब्यक्त गरेको छ । पाण्डेको ३ छोरी र श्रीमती रहेका छन् ।
पाण्डे सामाजिक क्षेत्रमा पनि सक्रिय ब्यत्ती हुन ।


