गोरखा । गोरखाको अश्राङमा रहेको एक बिद्यालयमा कम्युटर इन्जिनियरिङ्ग बिषयको पठनपाठन सुरु हुने भएको छ ।
भीमसेन थापा गाउँपालिका–६ को अश्राङमा रहेको नवजागृति चण्डी माबिमा कम्युटर इन्जिनियरिङ्ग बिषयको पठनपाठन सुरु हुने भएको हो ।
गाउँपालिकाको बिशेष पहलमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले बिधालयलाई प्राविधिक धार सञ्चालनका लागि अनुमति प्रदान गरे संगै उक्त बिषयको पढाई हुने भएको पालिका अध्यक्ष लोकप्रसाद बन्जाराले बताए ।
शैक्षिक क्षेत्रको स्तरोन्नतिसंगै प्राबिधिक शिक्षाको बिकास मार्फत शिक्षालाई रोजगारमूलक बनाउने उद्वेश्यका साथ पालिका भित्रका बिधालयमा पहिलो पटक कम्युटर इन्जिनियरिङ्ग बिषयको अध्यापन अनुमति लिन सफल भएको छ ।
बिधालयले अध्यापन अनुमति पाएसंगै शैक्षिक सत्र २०८० देखि नै प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कम्युटर इन्जिनियरिङ्गको पठनपाठन सुरु हुने भएको छ ।
२०७९ चैत २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट उक्त बिधालयलाई कम्युटर इन्जिनियरिङ्ग अध्यापनको अनुमति दिने निर्णय भएको थियो ।
बिधालयमा कक्षा सञ्चालनका लागि अनुदान समेत सरकारले नै उपलब्ध गराउने भएको छ । यस अघि गतशैक्षिक सत्रदेखि नै पालिकाकै सरस्वती माध्यामिक बिधालयमा ३ बर्षे डिप्पोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा पठनपाठन सुरु भइसकेको छ ।




















