गोरखा । जिल्लामा पहिलो पटक गोरखाको पालुङटार नगरपालिकाले आजबाट श्रम स्वीकृती दिन सुरु गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत मंगलबारबाट श्रम स्विकृती दिने थालेको हो र
स्नीयबासी मुस्ताव मियालाई पालिकाले पहिलो पटक व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकाले जानकारी दिएको हो । मियाँलाई नगर प्रमुख बिबस चिन्तन र उप प्रमुख बन्दना पाण्डेले एक साथ श्रम स्विकृतीको पत्र हस्तान्तरण गरेको थियो ।
बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित र भरपर्दो तथा पारदर्शी एवं सहज बनाउन सेवाग्राहीहरुलाई स्थानीय तहबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप पालुङटार नगरपालिका, रोजगार सेवा केन्द्र बाट व्यक्तिगत श्रम स्वीकृति र पुन श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुरुवात गरेको छ ।
स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति पाउदा मियाले खुशी लागेको बताए । पालुङटार नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक कल्पना केसीले व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सहजीकरण गरेकी थिइन ।




















