गोरखा । मानव सेवा आश्रम गोरखाको आश्रीत हिमाल परियारले ५ बर्ष पछि परिवारको साथ पाएको छ । १३ बर्षीय हिमाललाई सनिबार एक कार्यक्रम बिच उनका बुवा कृण्ण परियारलाई हस्तान्तरण गरिएको हो ।
०७५ साल साउन बाट परिवारको सम्र्पक बाहिर रहेका हिमाल सडक बालबालिका संग १ बर्ष त्यसै रहे । त्यही बेला हिमालले चुरोटदेखी गाँजासम्म खाने र चोरी कार्यमा संलग्न समेत रहे ।
परिवारले खोजी गर्दा पनि कही कतै नपाए पछि हार मानिसकेका बुवा कृण्णले भने ३ बर्ष अगाडी मात्र छोरा जिवितै रहेको र मानव सेवा आश्रमको गोरखा शाखामा आश्रीत रहेको जानकारी पाए ।
छोरा गोरखा भएको जानकारी पाए लगत्तै लाने प्रयास गरेको भएता पनि आर्थिक अभावले उनलाई ३ बर्ष पछि मात्र आएर साथै लगे ।
आश्रमकी सञ्चालिका मुना मानव सेवाका अनुसार ०७६ साल मंसिर महिनामा पोखरा महानगरपालिका–२७ को डाँडानाकमा फेला परेको हिमाललाई तत्कालै प्रहरीले मानव सेवा आश्रमलाई जिम्मा लगाएको थियो ।
गोरखा सदरमुकामको गोरखा मनकामना बोर्डिङ स्कुलमा ४ कक्षामा अध्ययनरत हिमाललाई बुवाले पोखरामा नै लगेर अध्ययन गराउने प्रतिवद्वता पछि परिवारको जिम्मा लगाएको हो ।
हिमाललाई परिवारको जिम्मा लगाउदा आश्रमले जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुढानिधी तिवारी, गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप) र जिल्लामा क्रियाशिल पत्रकारहरुको रोहबरमा बुवा कृण्णलाई बुझाईएको थियो ।

नवलपुरको गैडाकोट हुदै पोखरा पुगेका हिमाल कसरी गोरखा आईपुगे त ?
हिमाल नवलपुर जिल्ला गैडाकोट नगरपालिका–१४ नगरटाडीमा जन्मिएका थिए । परिवार विपन्न भएका कारण बुवा कृण्ण रोजगारीका लागि सन २०१४ मा साउदी पुगे ।
रोजगारी गर्दै थोरै तिनो रकम नेपालमा रहेको श्रीमतीलाई पठाएका कृण्णको श्रीमती छोरालाइ छाडेर अर्कै केटोसंग भागे पछि भने ०७३ सालमा उनी नेपाल फर्किए । घरमा मन नलागेका कृण्ण ०७४ सालमा कामको खोजीमा छोरा हिमाल सहित पोखरा पुगे । उनले त्यही १ जना एकल महिलासंग घरजाम पनि गरे ।
पोखरा महानगरपालिका–२७ को तालचोक बस्दै आएका उनको ०७५ सालमा श्रीमती एक्कासी बिरामी परे । बिहानै कामको खोजीमा बाहिर जाने र साँझ पनि बिरामी श्रीमती कुर्न अस्पताल बस्दा ०७५ सालको साउनदेखी हिमाल एक्कासी घरबाट बेपत्ता भए ।
श्रमीक जीवन निर्वाह गर्ने कृण्ण बिहानदेखी साँझसम्म काममा र राती श्रीमतीलाई कुर्न मणिपाल बस्दा छोराको संगत सडक बालबालिका संग भयो । त्यसपछिका दिनमा हिमालका दिनाचार्य पैसा माग्ने, चुरोट पिउनेदेखी साथीहरुको संगतमा गाँजा तान्ने अनि चोरी गर्न थाले ।
छोरालाई समय दिन नभ्याएका कृण्णले त्यस लगत्तै छोराले गरेको गल्तीका कारण २ स्थानमा १०–१० हजार जरिवाना समेत तिरे । ०७५ सालको साउनदेखी हिमाल बुवाको सम्पर्क बाहिर भए र सडक बालबालिका संग रमाउन थाले ।
०७६ सालको मंसिर महिनामा पोखरा महानगरपालिका–२७ को डाँडानाकमा फेला परेरका हिमाललाई तत्कालै प्रहरीले मानव सेवा आश्रममा पठायो । त्यस लगत्तै गोरखा ल्याएका हिमालको आनीबानी सुधार गर्न हम्मेहम्मे परेको थियो ।
हिमालले यो बिचमा १३ पटक आश्रमबाट भाग्ने प्रयास गरे । पछिल्लो पटक ०७५ सालको गाईजात्राको दिनमा भागेका उनी सदरमुकामकै नयाँ बजार क्षेत्रमा भोज खादै गरेको अवस्थामा फेला परेको थियो ।
बुवाको साथ पाउदा खुशी
लामो समय पछि हिमालले आज बुवालाई नअघाउने गरी हेरी रहे । उनी निकै खुशी देखिएका थिए । खुशी नहुनु पनि कसरी । ०७५ सालबाट बुवालाई छाडेर भागेका उनीहरु बिच ५ बर्ष पछि भेट भएको थियो ।

हिमालले बुवा संग जान पाउदा खुशी भएको अनुभव सुनाए । अब पढेर राम्रो मान्छे हुने र जागिर खाएर परिवार पाल्नेसम्मको कुरा गर्न भ्याउ उनले ।
आश्रमबाट छोरा बुझेपछि कृण्णले पनि पहिलेका जस्तो गल्ती नदोह्याउने भन्दै अब छोरोलाई पोखरामा नै अध्ययन गराउने र छोराको लागि समय दिने बचन दिए ।

हिमाललाई उनको बुवालाई बुझाउदै गर्दा भने आश्रममा सन्नाटा छाएको थियो । लामो समय एउटै परिवार भएर बस्दै गरेका बालगोपालहरुले उनलाई हात हल्लाउदै बिदा गरे भने सञ्चालिका मुनाले भने आँखा भरी आँशु निकालेर बिदाई गरे ।


