गोरखा । गोरखा सदरमुकाममा हिजो राती जीप दुर्घटना भएको छ । गोरखा नगरपालिका–१० को १६ किलो क्षेत्रमा भएको दुर्घटना भएको हो ।
बा. १८ प ७७७० नम्बरको टोयोटा जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जीपमा सवार सबै जना सकुशल रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
जीपमा सवार सवै चितवनबाट आज हुने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको साधारण सभामा भाग लिएका ब्यक्तिहरु भएको जानकारी प्राप्त भएको छ ।
चितवनबाट उत्तरी गोरखाको बारपाक घुमेर गोरखा बजार तर्फ आउदै गर्दा रातको समयमा जीप दुर्घटनामा परेको थियो ।




















