गोरखा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको केन्द्रिय साधारण सभा आजदेखी गोरुखा सदरमुकाममा सुरु हुने भएको छ । एशोसिएशनको ४४औं बार्षिक साधारण सभा गोरखा सदरमुकाममा हुन लागेको हो ।
पूर्वी गण्डक पेट्रोलियम राष्ट्रिय एशोसिएशनको आयोजनामा हुन लागेको साधारण सभा सनिबार ४ बजे सुरु भएर आइतबार सकिने गोरखाका अध्यक्ष शित्तलकाजी मास्केले जानकारी दिए ।
महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथी छलफल हुने र केही बिशेष निर्णय लिएर साधारण सभा भोली समापन हुने छ । साधारण सभामा देशैभरबाट करिब ४०० जनाको सहभागीता रहने अनुमान गरिएको छ ।


