गोरखा । गोरखा घर भएकी सुशिला सिंखडा गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकि छिन् ।
गण्डकी प्रदेश सभाकी सदस्य रहेकी सिंखडा नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा समानुपातिक तर्फबाट सांसद हुन् ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा पनि गोरखा घर भएका नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे चयन भए लगत्तै माओवादी केन्द्रको तर्फबाट सिंखडालाई मन्त्रीमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्रीमा पाण्डेले शुक्रबार सपथ लिए पछि मन्त्रीमा सिंखडालाई पाण्डेले सपथ खुवाएका थिए । आजै मुख्यमन्त्री पाण्डेले नेपाली काँग्रेसका तर्फबाट सरस्वती अर्याल पनि मन्त्रीमा नियुक्त गरेका छन् ।
गोरखाको भीमसेन थापा गाउँपलिका–४ धावा घर भएकी मन्त्री सिंखडा जनयुद्धकालिन समयदेखि नै तत्कालिन नेकपा माओवादीमा रहेर जिम्मेवारी सम्हाल्दै आएको माओवादी केन्द्र गोरखा जानकारी दिएको छ ।
मन्त्री सिंखडा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनु ।


