गोरखा । जेष्ठ नागरिक संघ गोरखाले आज सदरमुकाममा स्थानिय तहका प्रमुख र उपप्रमुख संग अन्तरक्रिया सम्पन्न गरेको छ । संघको आयोजनामा भएको ‘सरोकारवालाबाट जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण’ सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको हो ।
सदरमुकाममा भएको उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थ सचिव एवं जेष्ठ नागरिक संघका केन्द्रिय सदस्य कृण्णहरी बास्कोटाले विद्यमान कानूनले जेष्ठ नागरिकहरुलाई समेट नसकेको भन्दै स्थानिय तहले नयाँ कानून बनाएर जेष्ठ नागरिकहरुलाई संबोधन गर्न आग्रह गरे । बास्कोटाले जेष्ठ नागरिक मैत्री कानून निर्माणका लागि स्थानिय तहलाई सघाउन आफु तयार भएको भन्दै जिल्लाको ११ वटै स्थानिय तहले कानून निर्माणको लागि सहयोग मागे गर्न तयार भएको बताए ।
कार्यक्रममा बास्तोलाले देशको ७ प्रदेशमा निर्माण गरिएको कानूनले जेष्ठ नागरिकलाई के कसरी समेटे छ भन्ने कुराको जानकारी दिदै गोरखा जिल्ला देशकै पहिलो जेष्ठ नागरिक मैत्री जिल्ला बने त्यसका बारेमा किताब लेखेर सार्वजनिक गर्ने घोषणा समेत गरे । उनले सो अवशरमा विश्वका कुन कुन देशले जेष्ठ नागरिकलाई के कस्तो सेवा दिएको भन्ने बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा अधिवत्ता यादव शर्माले जेष्ठ नागरिक सम्वन्धि बिद्यमान कानूनका बारेमा जानकारी दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यता र जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका समावेशी सचिव सुशिलबावु श्रेष्ठ (कैलास), गोरखा र पालुङटार नगरपालिकाका प्रमुख क्रमश. कृण्णबहादुर रानामगर र विवश चिन्तन, आरुघाट गाँउपालिकाका प्रमुख राजु गुरुङ, शहिद लखन गाँउपालिकाका प्रमुख रमेशबावु थापा मगर, भीमसेन थापा गाँउपालिकाका उपप्रमुख अमृता वस्ती, गोरखा नगरपालिका ११ र १२ का वडाध्यक्ष क्रमश. रामबहादुर खड्का र डिलबहादुर थापा एवं गोरखा अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले आ–आफ्नो धारणा ब्यत्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख मसलीमायाँ थोकर पुनः, गण्डकी गाँउपालिकाका प्रमुख दिपक तिमिल्सेना, उपप्रमुख ललिता अधिकारी, भीमसेन थापा गाँउपालिका प्रमुख लोकप्रसाद बन्जारा, धार्चे गाँउपालिकाका उपप्रमुख सनिला गुरुङ, बारपाक सुलिकोट गाँउपालिकाका उपप्रमुख सनमायाँ गुरुङ र गोरखा नगरपालिकाका १४ वटै वडाका वडाध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु र सरोकार वाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथी समन्वय प्रमुख थापा मगरले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए ।






















