गोरखा । गोरखा जिल्लाको विभिन्न स्कुललाई चाइना फाउन्डेसनले ब्याग बिरतण गरेको छ । चाइना फाउन्डेसन फर रुलर डेभलप्मेन्ट नेपालले जिल्लाको ६ वटा स्थानिय तहमा रहेको ७ स्कुललाई ७९३ थान स्कुल ब्याग बिरतण गरेको हो ।
फाउन्डेसनले भिमसेन थापा गाँउपालिका–२ को तान्द्राङमा रहेको सिद्वकाली माविलाई १२७ थान, सिरानचोक गाँउपालिका–७ को श्रीनाथकोटमा रहेको चन्द्रोदय माविलाई ११३ थान र अजिरकोट गाँउपालिका–३ को हंशपुरमा रहेको ज्ञनोदय माविलाई १८६ थान ब्याग उपलब्ध गराएको फाउन्डेसनका प्रतिनिधि कबितकुमार नेपालीले जानकारी दिए ।
सरमुकाममा एक कार्यक्रम बिच गोरखा नगरपालिकाको–१४ को मझुवा देउरालीमा रहेको सलाङ गिरी प्रार्थमिक बिद्यालयलाई ३६ थान, अकला प्रार्थमिक बिद्यालयलाई ५६ थान, शहिद लखन गाँउपालिका–६ को घैरुङमा रहेको गणेश प्रार्थमिक बिद्यालयलाई ४८ थान र बारपाक सुलिकोट गाँउपालिका–६ को ताुककोटमा रहेको शैलपुत्री माविलाई २२७ थान स्कुल ब्याग वितरण गरिएको फाउन्डेसनले जानकारी दिएको छ ।
स्कुलको माग र सम्वन्धित पालिकाको सिफारीसमा फाउन्डेसनले गोरखाको विभिन्न स्कुललाई स्कुल ब्याग उपलब्ध गराउदै आएको प्रतिनिधी नेपालीले बताए । फाउन्डेसनले यो सहित ५ पटक गोरखाको विभिन्न विद्यालयलाई ब्याग उपलब्ध गराइसकेको छ ।
फाउन्डेसनले उपलब्ध गराएको उक्त सामाग्री शुक्रबार गोरखा नगरपालिकाका उपमेयर मसली मायाँ थोकर पुनःले सम्वन्धित बिद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरिन ।
ब्यागमा स्कुले बच्चाहरुले प्रयोग गर्ने गरी शैक्षिक र स्वास्थ्य सामाग्री गरी १८ प्रकारको सामाग्री राखिएका हुन्छन् ।



