×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा करिब ८९ हजारले गरे स्वास्थ्य बिमा

  •  गोरखा समाचार
  • बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लामा स्वास्थ्य बिमा गराउनेहरुको संख्या करिब ८९ हजार पुगेका छन् । स्वास्थ्य बिमाको महत्व बुझन थाले पछि आज (बुधबार)सम्म जिल्ला भित्रका ८८ हजार ७१६ जनाले स्वास्थ्य बिमा गराएका हुन् । गत आवमा गोरखा जिल्लामा ६२ हजार ३२७ जनाले स्वाथ्य बिमा गराएका थिए ।

    स्वास्थ्य बिमा बोर्ड गोरखाको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बिमा गराउने गोरखा नगरपालिकामा बसोबास गर्ने रहेका छन् । गोरखा नगरपालिकामा मात्रै २१ हजार ७१८ जनाले बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गोरखाले जनाएको छ ।

    जिल्लाको १८ हजार ७७ घर परिवार सामेल भएको यो कार्यक्रममा दोस्रो स्थानमा पालुङटार नगरपालिकाबाट सहभागी भएका छन् । पालुङटार नगरपालिकाबाट १६ हजार १५१ जनाले स्वास्थ्य बिमा गराएको कार्यालयले उपलब्ध गराएको रेकर्डमा देखिन्छ ।

    त्यस्तै गरी, सिरानचोक गाऊँपालिकाबाट ९ हजार ९४२ जना, आरुघाट गाउँपालिकाबाट ८ हजार ३३४ जना, शहिद लखन गाँउपालिकाबाट ८ हजार ७४ जना र भिमसेन थापा गाँउपालिकाबाट ७ हजार ८४८ जनाले स्वास्थ्य बिमा गराएको कार्यालय प्रमुख बिशाल लौडारीले जानकारी दिए ।

    उता अजिरकोट गाँउपालिकाबाट २ हजार ४१३ जना, बारपाक सुलिकोट गाँउपालिकाबाट ६ हजार, गण्डकी गाँउपालिकाबाट ५ हजार ३१० जना, धार्चे गाँउपालिकाबाट १ हजार ८९३ जना र चुमनुब्री गाँउपालिकाबाट ७७४ जनाले स्वास्थ्य बिमा गराएको पनि कार्यायले जानकारी दिएको छ ।

    बीमा कार्यक्रममा सहभागी भएका मध्ये १ हजार ९३३ जना अति गरीव, १५ हजार ९०४ जना जेष्ठ नागरिक, ५९८ जना ‘क’ वर्गको अपाङता भएका र ३४३ जना एचआइभी संक्रमितको निशुल्क बिमा गरिएको छ ।

    त्यस बाहेक पनि ३४१ जना महिला स्वास्थ्य स्वयमसेविकालाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ ।

    सरकारी निती अनुसार स्वास्थ्य बिमाको लागि ५ जना सदस्य भएको परिवारले वर्षको ३ हजार ५०० रुपैयाँ तिरेपछि वर्षभरीमा प्रति ब्यक्ति १ लाख रुपैया बराबरको स्वास्थ्य उपचार निशुल्क पाउने गर्दछ । तर ५ जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने १ व्यक्ति बराबर ७०० रुपैयाँ थप गरेर बिमा कार्यक्रममा सहभागी गराउने गरिएको कार्यालयले जनाएको छ ।

    सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचारमा सेवा लिन पाउने छन् ।

    गोरखा जिल्लाको हकमा भने सदरमुकाममा रहेको गोरखा अस्पताल, पालुङटार नगरपालिकामा रहेको आँपपिपल अस्पताल, शहिद लखन गाँउपालिकामा रहेको मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्र, सिरानचोक गाँउपालिकामा रहेको जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट गाँउपालिकामा रहेको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा बोर्डले उपचारका लागि सूचीकृत गरेको छ ।

    गोरखा जिल्लामा २०७४ सालको असार महिनाबाट स्वास्थ्य बीमा कार्यक्रम लागुृ भएको हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.