गोरखा । गोरखाको टारीफाँटमा रहेको नवज्योती माविमा आज आगलागी भएको छ । आगलागीबाट बिद्यालयलाई ५० लाख भन्दाबढीको क्षती भएको अनुमान गरिएको छ ।
भीमसेन थापा गाउँपालिका–३ को टारीफाँटमा रहेको श्री नवज्वोती माध्यामिक बिधालयमा रहेको कम्युटर ल्यावमा आगलागी हुदाँ ५० लाख भन्दाबढीको क्षती भएको अनुमान गरिएको हो ।

बिद्यालयको ल्याबमा आगलागी हुदा सम्पूर्ण सामाग्री जलेर कामै नलाग्ने भएको वडा नम्बर ३ का वडाध्यक्ष ऋषिराम लामिछानेले जानकारी दिए ।
सोमबार बिहान करिब ११ बजेको समयमा बिधालयमा पठनपाठन भइरहेका बेला आकस्मिक रुपमा आगलागी भएको थियो ।
‘आगलागी पछि शिक्षक, बिधार्थी तथा स्थानीयहरु मिलेर आगो नियन्त्रणमा लिएको भएता पनि विद्यालयले ठुलो क्षती ब्यहोरेको वडाध्यक्ष लामिछानले बताए ।

आगलागीको कारण खुल्न नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट कम्युटर ल्याबमा रहेका ३५ कम्युटर लगायतका उपकरण र ब्याट्री जलेर पूर्ण रुपमा क्षति भएको बिद्यालयले जानकारी दिएको छ ।

‘ल्यावमा रहेका १ थान एभिआर वोर्ड, ३५ थान कम्युटर टेवल, ल्याव कक्षामा जडान गरिएको सिसिटिभी, १ थानका साथै प्रिन्टरमा समेत आगलागी भएको छ । त्यस बाहेक पनि सोही कक्षमा रहेको २५ थान प्लास्टिकको चियर, ३० थान कम्युटर चियर, सोलार व्याटी ८ थान पनि आगलागीको चपेटामा परेको छ ।

आगलागी बारे स्थानिय प्रहरीलाई जानकारी गराईएको र प्रहरी मुचुल्का पछि मात्र क्षतिको पूर्ण बिबरण आउने बिद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयले शैक्षिक सत्र २०८० को कक्षा सुरु भएको आज पहिलो दिन नै बिधालयमा आगलागी भएको बिधालयका प्रधानाध्यापक ठाकुरप्रसाद लामिछानेले जानकारी दिए ।





















