गोरखा । गोरखा जिल्ला अदालत परिसर भित्र हो–हल्ला गरि आंतक मच्चाउएको भन्दै गोरखा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
अदालत भित्र सम्बन्ध बिच्छेदको मुद्दा पक्षहरु बिच मेलमिलाप भवन भित्र छलफल भइृ रहेको बेला हो–हल्लाह गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका–३ घर भएका ४८ बर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ घर भएका ३३ बर्षका राजु नेपाली र ३० बर्षका राजिन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । ।
आइतबार दिउँसो करिब २ बजेको समयमा अदालत परिषरमा पक्राउ परेकाहरुले मुद्दाका वादी र प्रतिवादी लगायतका व्यक्तिहरु जथाभावी हातपात गरेको सूचना अधिकारी लामिछानेको बताए ।
पक्राउ परेका सबै बिरुद्ध जिल्ला प्रसासन कार्यालयमा सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासत कक्षमा रहेका उनीहरुका सम्वन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


