गोरखा । भोली आइतबार मनकामना केबलकार बन्द हुने भएको छ । चितवनमा हुने उप निर्वाचनका कारण आइतबार १ दिन केबलबार बन्द हुने भएको हो ।
चितवन जिल्ला प्रशासन कार्यालयले भोली हुने उप निर्वाचनका बेला केबलकार बन्द गरिदिन आग्रह गरे संगै १ दिनको लागि केबलकार बन्द गर्न लागेको सञ्चालक राजेशबावु श्रेष्ठले बताए ।
प्रशासनले शुक्रबार नै मनकामना दर्शन प्रालिलाई पत्रचार गर्दै ‘यस जिल्लाको ईच्छाकामना गा.पा.को कुरिनटारबाट गोरखा जिल्ला स्थित प्रशिद्व शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड एकत्रित भई भई सुरक्षा संवेदनशिलता बढ्ने हुँदा उक्त दिन केबलकार सञ्चालन नगर्न मनकामना दर्शन प्रा.लि.लाई निर्देशित गर्ने’ भनि निर्णय भएको हुँदा मिति २०८०÷०१÷१० गते केबलकार सेवा सञ्चालन नगर्नुहुन निर्णायानुसार अनुधरोध छ भनिएको छ ।
यता केबलबार प्रशासनले आइतबार १ दिन केबलकार बन्द गर्दा श्रद्वालु भक्तजनलाई पर्न जाने असुविधा प्रति क्षमायाचना मागेको छ ।



