मुग्लिन-नारायणगढ सडक खण्ड
गोरखा । भोली हुने उप निर्वाचनका कारण तनहुँको आँबुखैरेनी हुदै जाने कुनै पनि सवारी साधनलाई निषेध गरिएको छ ।
उप निर्वाचन अन्तरर्गत चितवन र तनहुँमा हुन लागेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गोरखाबाट बाहिरीने र आउने सवारी साधनलाई रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले सनिबार एक सूचना जारी गर्दै निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयरहित तवरबाट सञ्चालन गर्न निर्वाचन आचारसंहिता बमोजिम गोरखा जिल्लाबाट बाहिरे र आउने सवारीलाई रोक लगाईएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेका अनुसार आइतबार बिहान ५ः०० बजेदेखी साँझ ६ः०० बजेसम्म आवत जावतमा रोक लगाएको हो ।
उक्त समयमा अत्यावश्यक सवारी साधानहरु मध्ये एम्बुलेन्स, खानेपानीको ट्याङकर, दुध बोकेका सवारी, दमकल, दुर सञ्चार तथा केवल सेवा, शवबाहन, स्वास्थ्यकर्मीका सवारी साधन, फोहरमैला बोकेका सवारी साधन, तरकार तथा फलफुल, विद्युत सेवा तथा विदेशी नियोगका सवारीलाई भने रोक नलगाइएको सूचनामा भनिएको छ ।
तर जिल्ला भित्र सवारी सञ्चालनमा भने सुरक्षा निकायले रोक नलगाएको जनाएको छ ।


